एकिकृत समाजवादीले प्रथम गण्डकी प्रदेश अधिवेसन आगामी माघ २६ र २७ गते गर्ने
१९ पुष, २०८१, शुक्रवार
- शुक्रबार पत्रकार सम्मेलन गर्दै एकिकृत समाजवादीले प्रथम गण्डकी प्रदेश अधिवेसन पोखरामा गर्ने भएको हो ।
पोखरा : नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले प्रथम गण्डकी प्रदेश अधिवेसन आगामी माघ २६ र २७ गते गर्ने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै एकिकृत समाजवादीले प्रथम गण्डकी प्रदेश अधिवेसन पोखरामा गर्ने भएको हो । महाधिवेसनलाई पार्टीका अध्यक्ष माधवकुमार नेपालले उद्धघाटन गर्ने कार्यक्रम छ ।
अधिवेसनमा प्रदेशका ११ जिल्लावाट ४५० जना प्रतिनिधिहरुको सहभागिता रहने छ । ५० पार्टी सदस्य वरावर १ जना प्रतिनिधि चयन हुने र प्रत्येक संघीय निर्वाचन क्षेत्रलाई निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन हुनेछन् । यसरी प्रतिनिधि चयन गर्दा महिला, उत्पिडित र मजदूर क्षेत्रको प्रतिनिधित्वलाई सुनिस्चित गर्न प्रत्येक संघीय निर्वाचन क्षेत्रवाट ३ प्रतिनिधि छानिदा १ महिला अनिवार्य र ५ प्रतिनिधि छानिदा १ जना उत्पीडित समुदायबाट अनिवार्य गरिएको छ ।
यससंगै प्रत्येक जिल्लाबाट एकजना मजदुर अनिवार्य रूपमा छानिने छ । यस अलावा विभिन्न जनसंगठनको प्रदेश कमिटीलाई पनि निर्वाचन क्षेत्र मानि प्रतिनिधि चयन हुनेछन् । प्रतिनिधिका अलावा ५० जना स्वयमसेवक र आयोजक गरि प्रदेश अधिवेसनमा ६०० जनाको सहभागिता रहनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।